कवाड संकलनमा रोक लगाएको विरोधमा महानगरविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।
महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।
आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।
२०८२ भदौ ९ गते सोमवार १७:१० बजे प्रकाशित






















