रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा छलफल भएको थियो।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए, “आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई बयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो। सुझाव दिने साथीहरूले बयान दिन जानू राम्रो हुन्छ भन्नुभयो।”
लेखकलाई आयोगले हिजो मात्रै बयानका लागि बोलाएको थियो।
२०८२ पुस ९ गते बुधवार १७:२८ बजे प्रकाशित






















