रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु।”
लेखकले भने कि आयोगले उनलाई भोलि बोलाएको भए पनि उनले सोमबार मात्र उपस्थित हुने योजना बनाएको बताएका छन्। उनले थपे, “उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ। मैले सोमबार आउँछु भनेको छु। १४ गते सोमबार म जान्छु।”
२०८२ पुस १० गते बिहीवार १७:३३ बजे प्रकाशित






















