"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

सर्वोच्च अदालतले आयोगलाई पदमुक्त नगर्न निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज गरेको हो।

भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले आयोग गठन गरेको थियो। आयोगको अध्यक्ष कार्की हुन् भने सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी छन्।

अधिवक्ता विपिन ढकालले आयोगको औचित्य र निष्पक्षतामाथि प्रश्न उठाउँदै तीनै जनाविरुद्ध गत कात्तिक १८ गते रिट दायर गरेका थिए।

२०८२ पुस ११ गते शुक्रवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु