"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।

आइतबार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनीहरूको मनोनयनलाई विधिवत् अनुमोदन गरेको हो।

यस निर्णयसँगै विवेकशील साझाका प्रमुख अनुहारहरू अब औपचारिक रूपमा रास्वपाको नेतृत्व तहमा सामेल भएका छन्। रास्वपाको केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्।

२०८२ पुस २० गते आइतवार १८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु