मैले अहिलेसम्म चुनाव उठ्ने वा नउठ्नेबारे निर्णय गरेको छैन: मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले राष्ट्रिय सभा वा अन्य निर्वाचनमा उम्मेदवारी दिने निर्णय नगरेको स्पष्ट पारेका छन्।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको कार्यक्रममा बुधबार बोल्दै उनले अहिले चुनावमा उठ्ने–नउठ्ने विषयमा कुनै निर्णय नगरेको, कुनै पार्टीमा प्रवेश नगरेको र कुनै छलफलमा सहभागी नभएको बताए।
खरेलले सञ्चार माध्यममार्फत फैलिएका झुटा समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन। मेरो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको काममा केन्द्रित छ।”
२०८२ पुस २३ गते बुधवार १७:२७ बजे प्रकाशित






















