"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कांग्रेसका विशेष महाधिवेशन पुस २७–२८ मा गर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।

सूचना प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भृकुटी मण्डपमा महाधिवेशन हुने जानकारी दिएका हुन्। महाधिवेशन पक्षधरको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन्।

पक्षधरका अनुसार, पार्टीले २०८२ पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको भए पनि तोकिएको समयमा महाधिवेशन हुन सकेन। यस्तो परिस्थितिमा उनीहरूको मागअनुसार विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ।

विशेष महाधिवेशन पक्षधरले जारी विज्ञप्तिमा भनिएको छ, “विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पौष २७–२८ मा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।”

२०८२ पुस २३ गते बुधवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु