"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच दुई घण्टा लामो वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा वार्ता भएको छ।

ओली बिहान करिब ९ बजे बालुवाटार पुगेका थिए र प्रधानमन्त्री कार्कीसँग समसामयिक राजनीति तथा आगामी निर्वाचनका विषयमा विस्तृत छलफल गरेका थिए। निकट स्रोतका अनुसार, बैठकमा निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष गर्नुपर्ने कुरामा जोड दिइएको थियो।

त्यसैगरी, अध्यक्ष ओलीले एकै चरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएका छन्। दुवै पक्षका निकट स्रोतका अनुसार, यस विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच सकारात्मक सहमति र छलफलको समझदारी रहेको जनाइएको छ।

२०८२ माघ २२ गते बिहीवार १७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु