"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए, सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ: रवी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्।

शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले नेकपा एमाले महासचिव शंकर पोखरेललाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। घोराही रास्वपाले चुनावी सभा गरेको दाङ क्षेत्र नम्बर–२ मा पर्दछ, जहाँ एमालेबाट महासचिव पोखरेल उम्मेदवार छन्।

लामिछानेले आफू सुशासनको पक्षमा काम गरिरहेको बेला षडयन्त्रपूर्वक संसदबाट हटाइएको टिप्पणी गर्दै भने, “रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो। हामी सरकारमा काम गरिरहेको बेला बा र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए। सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ।”

उनीहरूले फागुन २१ को निर्वाचनमार्फत यस घटनाको जवाफ दिने दाबी पनि गरे। लामिछानेले भने, “सुशासनका पक्षमा काम गर्दै गरेको एउटा सांसदलाई, भ्रष्टाचारीको फाइल खोल्न लागेका बेला मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्‍याउनेहरू पनि यही क्षेत्रबाट निर्वाचन उठेको सुनेको छु।”

२०८२ फागुन ८ गते शुक्रवार १७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु