डा. दिवाकर भट्ट उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त
काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो।
डा. भट्ट दशकौँ न्याय सेवामा सरकारी वकिलको रूपमा काम गरिसकेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर (एलएलएम) गरे।
साथै, उनले हङकङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको अध्ययन पनि गरेका छन्। न्याय र कानूनको क्षेत्रमा उनका दर्जनौं अनुसन्धानमूलक लेखहरू प्रकाशित छन्। फौजदारी कानूनमा उनी पिएचडी (विद्यावारिधी) पनि हुन्।
२०८२ फागुन १२ गते मंगलवार १७:०२ बजे प्रकाशित























