"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्।

छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो।

यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका सांसदहरूसँग पनि छलफल गरिसकेका थिए। बागमती प्रदेशका सांसदहरूसँगको यो छलफल त्यसैको निरन्तरता हो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूसँग आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रका समस्या तथा समाधानका उपायबारे जानकारी लिएका थिए। उनले स्थानीय समस्या पहिचान गरी प्रभावकारी समाधानका उपाय खोज्ने उद्देश्यले यस्तो छलफल गरिएको बताइएको छ।

२०८२ चैत ३० गते सोमवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु