"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री चाँडै सदनमा आउने जानकारी दिएका हुन्।

पहिलो बैठक स्थगित भएपछि विभिन्न दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि छलफल भएको उनले बताए।

संसद्मा बोल्दै बुर्लाकोटीले भने, “प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ। प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ। सम्भवत: एक हप्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु।”

प्रधानमन्त्रीले संसद्मा उपस्थित भई सम्बोधन गर्ने विषयलाई लिएर पछिल्ला दिनमा सत्ता र विपक्षी दलहरूबीच छलफल हुँदै आएको छ। विपक्षी दलहरूले नियमित प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन नभएको भन्दै संसद् अवरोध गर्दै आएका थिए।

२०८३ जेठ १२ गते मंगलवार १७:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु