स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो रहेको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टीले छोटो समयमै हासिल गरेको जनमत असाधारण रहेको उल्लेख गर्दै त्यसको खुलेर प्रशंसा गरे।
उनले नेपालको राजनीतिक इतिहासमा यस्ता प्रकारका जनमत केही सीमित अवसरमा मात्र देखिएको स्मरण गराउँदै त्यसलाई सही ढंगले व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुने बताए।
थापाले संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रामा रवि लामिछाने र बालेन्द्र शाह को नेतृत्वको पनि प्रशंसा गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई बधाई दिएका छन्।
२०८३ असार ७ गते आइतवार १८:३५ बजे प्रकाशित























