"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भोलि बस्ने प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको हो ।

बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक तय गरिएको भए पनि विशेष कारणबस निर्धारित समयमा बैठक बस्न नसक्ने भन्दै स्थगन गरिएको सचिवालयले जनाएको छ ।

संसद् महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अब उक्त बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी पुन: तय गरिएको छ ।

२०८३ असार १० गते बुधवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु