"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिलाई परास्त गर्ने बताएका छन्। उनले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै एमाले पुन: सशक्त रूपमा अघि बढ्ने दाबी गरे।

मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, “हामी मरेका छैनौँ, फेरि उठ्छौँ र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौँ। धुलो टक्टक्याउँदै उठ्छौँ र अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौँ।”

उनले वर्तमान सरकारका गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गरे। असंवैधानिक रूपमा संसद् विघटन गरी निर्वाचनमा गएको प्रसंग उल्लेख गर्दै त्यसबेला सबै राजनीतिक शक्तिहरू एकमत हुन नसकेको बताए।

ओलीले भने, “हामीले यो चुनाव रोकौँ भन्दा सबैले एमालेका लागि भिर हो, हाम्रो लागि हाइवे हो भन्ने ठाने। त्यो चुनाव वामपन्थी र लोकतान्त्रिक शक्तिका लागि थिएन, त्यसको परिणाम पहिले नै तय गरिएको थियो।”

उनले अहिले पनि देशमा प्रतिगमनको सिलसिला जारी रहेको आरोप लगाउँदै त्यसविरुद्ध आफ्नो पार्टीले संघर्ष जारी राख्ने बताए।

२०८३ असार १४ गते आइतवार १८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु