"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमालेका पूर्वसांसद लक्ष्मी कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

प्रहरीले उनलाई महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो। कोइरीको स्थायी घर गौशाला नगरपालिका–निगौलमा रहेको छ।

यसअघि महोत्तरी जिल्ला अदालतले उक्त मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

अदालतको आदेश लगत्तै प्रहरीले उनलाई गौशालाबाट नियन्त्रणमा लिएको जनाएको छ।

२०८३ असार १८ गते बिहीवार १९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु