"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुकुमवासीलाई दिइएको पाँचदिने अल्टिमेटम फिर्ता लिन कांग्रेसको माग

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइएको अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छिन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको प्रारम्भमा बोल्दै सांसद कामीले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने बताइन्।

उनले सुकुमवासीको समस्या नगद वितरण गरेर मात्र अस्थायी रूपमा समाधान गर्न खोज्नु उचित नभएको उल्लेख गर्दै सुरक्षित आवाससहित सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद कामीले भनिन्, “पाँच दिनभित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम तत्काल फिर्ता लिइयोस्। लगतबाट छुटेका वास्तविक सुकुमवासीको निष्पक्ष पहिचान गरी सम्मानजनक रूपमा राहतको व्यवस्था गरियोस्। नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, सुरक्षित आवाससहित दीर्घकालीन समाधानको कार्ययोजना तत्काल सार्वजनिक गरियोस्।”

उनले सरकारले सुकुमवासी समस्या समाधानका लागि स्पष्ट नीति र प्रभावकारी योजना ल्याउनुपर्नेमा जोड दिइन्। साथै, सांसद कामीले प्रधानमन्त्री संसद्प्रति पर्याप्त जवाफदेही नभएको आरोपसमेत लगाइन्।

२०८३ असार २५ गते बिहीवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु