"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मन्त्री हेरफेरको तयारी छैन, कामबारे प्रश्न उठ्नु स्वाभाविक हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरूबीच कुनै विवाद नरहेको स्पष्ट पार्दै तत्काल मन्त्री हेरफेरको तयारी नभएको बताउनुभएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रालय वा मन्त्रीबाट भएका कामका विषयमा प्रश्न उठ्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो।

उहाँले कुनै विषयमा प्रश्न उठ्दैमा त्यसलाई असहज रूपमा लिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो। रास्वपाभित्र कामको समीक्षा गर्ने र कमजोरीबारे प्रश्न उठाएर छलफल गर्ने अभ्यास रहेको उहाँको भनाइ थियो।

मन्त्री र सांसदबीच भएको छलफल पनि यही प्रक्रियाको निरन्तरता भएको लामिछानेले बताउनुभयो। पार्टीभित्र उठेका प्रश्न र देखिएका कमजोरीबारे छलफल गरी आवश्यक सुधार गर्न सकिने उहाँको धारणा थियो।

यससँगै लामिछानेले सरकारमा तत्काल मन्त्री हेरफेर गर्ने तयारी नरहेको प्रस्ट पार्नुभयो। मन्त्रीहरूबीच विवाद भएको भन्ने चर्चामा समेत उहाँले त्यस्तो अवस्था नरहेको बताउनुभयो।

यसैबीच, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार सक्रिय रहेको उहाँले जानकारी दिनुभयो। ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यालय र डिलरलाई सक्रिय बनाइएको उहाँले बताउनुभयो।

ग्यासको आपूर्ति र वितरणको अवस्थाबारे स्थानीयस्तरबाटै अनुगमन गर्ने तथा समस्या देखिए तत्काल समाधानको प्रयास भइरहेको लामिछानेले जानकारी दिनुभयो।

२०८३ भदौ ३ गते बुधवार १९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु