"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राहत खाद्य सामग्रीको गुणस्तर जाँच, खुला चामलमा विभागको चासो

काठमाडौँ । भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयार पारिएका राहत खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता परीक्षण गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा भण्डारण गरिएका राहत सामग्रीको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा जिरा तथा पोखरेली चामल, चिउरा, चाउचाउ, भुजा, बिस्कुट, जुस र आयोडिनयुक्त नुनलगायत अधिकांश प्याकेटबन्द सामग्रीको अवस्था सन्तोषजनक पाइएको विभागले जनाएको छ।

तर, उसिना र मसिना चामल भने लेबलविनै खुला अवस्थामा राखिएको भेटिएको छ। खुला खाद्यान्नको स्रोत र गुणस्तर पहिचान गर्न कठिन हुने भन्दै विभागले यसप्रति चासो जनाएको छ।

विभागले राहत सामग्री वितरण गर्दा स्वच्छता र गुणस्तर सुनिश्चित गरी ‘असल वितरण अभ्यास’ पालना गर्न सम्बन्धित व्यवस्थापकलाई निर्देशन दिएको छ।

२०८३ भदौ २४ गते बुधवार १२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु