"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कृष्णभीरमा बिहीबारदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालन हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा डाइभर्सन खुलेसँगै बिहीबार बिहान ६ बजेदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले आवश्यक स्रोतसाधन, जनशक्ति तथा उपकरण परिचालन गरी ट्र्याक निर्माण सम्पन्न भएकाले राजमार्ग सञ्चालन गर्न सकिने अवस्था आएको बताउनुभयो ।

उहाँका अनुसार सडक पुनर्स्थापनाको काम निर्धारित समयमै सकिएको छ । अब सडकलाई दिगो बनाउन आवश्यक अध्ययन तथा अनुसन्धानको काम अगाडि बढाइएको छ ।

२०८३ असोज १ गते बिहीवार ०७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु