१३ देशका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले नाम संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको हो।
भारतमा निश्चलनाथ पाण्डे, चीनमा कल्याणराज शर्मा र अमेरिकामा चिरनजङ्ग थापा सिफारिस भएका छन्। बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि पनि नाम सिफारिस गरिएको छ।
बैठकले नागरिकता नियमावली संशोधन, मौसम विज्ञान विभागलाई ऊर्जा मन्त्रालयअन्तर्गत राख्ने तथा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
२०८३ असोज २ गते शुक्रवार १७:५२ बजे प्रकाशित























