"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता, भोटेकोशी विपद् र पुनर्निर्माणबारे छलफल

न्युयोर्क, असोज ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै भोटेकोशी विपद्, हिमताल फुट्ने जोखिम र प्रभावित क्षेत्रको पुनर्निर्माणबारे छलफल गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि गुटेरेससँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा अतिकम विकसित राष्ट्र ९एलडीसी० सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा विस्तारबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो ।

२०८३ असोज ९ गते शुक्रवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु