"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पृथ्वी राजमार्ग बन्द भएपछि ग्यास आपूर्ति फेरि प्रभावित

काठमाडौँ — मुख्य राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति फेरि प्रभावित भएको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पृथ्वी राजमार्ग बन्द हुँदा ग्यासका बुलेट ल्याउन कठिन भएको छ। डिजेल, पेट्रोल र हवाई इन्धनको आपूर्ति भने नियमित रहेको उहाँले बताउनुभयो।

ग्यास सिलिन्डर ट्रकमार्फत ल्याउनुपर्ने भएकाले वैकल्पिक बाटोबाट आपूर्ति गर्न कठिन भएको निगमले जनाएको छ। यसअघि पनि कृष्णभिरको पहिरोका कारण ग्यास अभाव भएको थियो।

आवश्यक खाद्यान्न र इन्धनको आपूर्ति सहज बनाउन हेटौँडा–भीमफेदी–नौबिसे हुँदै काठमाडौँ आउने त्रिभुवन राजपथलाई सीमित रूपमा एकतर्फी सञ्चालनमा राखिएको छ।

२०८३ असोज १० गते शनिवार १३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु