"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दबाव र प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र साहले कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थमा नपरी निष्पक्ष रूपमा काम गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले कानूनको शासन कायम राख्न र पेशागत मर्यादा तथा नैतिकता पालना गर्न आग्रह गर्नुभयो ।

झन्डै १६ महिना लामो तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री साहले बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धानलाई वैज्ञानिक, निष्पक्ष र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले नागरिकको जीउधनको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा सम्झौता नगर्न आग्रह गर्दै प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

२०८३ असोज २६ गते सोमवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु