"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेशमा रहेका नेपालीका समस्या समाधान सरकारको प्राथमिकतामा – परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, कात्तिक २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपाली समुदायका समस्या र सरोकार सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

कोप–३१ मा सहभागी हुने क्रममा टर्कीको अन्ताल्यामा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० तुर्किएका अध्यक्ष विनोद पौडेलसँगको भेटमा उहाँले विदेशमा रहेका नेपालीलाई सहज कन्सुलर सेवा उपलब्ध गराउने तथा उनीहरूको सुरक्षा र हित संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

सो अवसरमा अध्यक्ष पौडेलले नेपाली समुदायका विभिन्न समस्या समेटिएको ज्ञापनपत्र मन्त्री खनाललाई बुझाउनुभएको थियो ।

मन्त्री खनालले विदेशमा रहेका नेपालीका गुनासा समयमै सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै कोप–३१ मा नेपाली प्रतिनिधिमण्डललाई सहयोग गर्ने नेपाली नियोग तथा एनआरएनए टोलीलाई धन्यवाद दिनुभयो ।

२०८३ कात्तिक २७ गते शुक्रवार १४:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु