"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

काठमाडौँ, कात्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२)बमोजिम न्यायपरिषद्को सिफारिसमा डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त न्यायाधीशमध्ये डा। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो । त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे पाटनकै हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

२०८३ कात्तिक २७ गते शुक्रवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु