गरिव उपभोक्ताको चुल्हो थप महँगो, सरकारले लगायो रोटिमा पनि भ्याट
काठमाडौं । आम नेपालीले दिनहुँ उपभोग गर्ने पिठोमा पनि अबदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लागेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटसँगै ल्याएको आर्थिक विधेयकमा यस्तो प्रावधान थपेको हो ।
भ्याटको सिद्धान्त अनुसार दैनिक उपभोग्य वस्तुमा यस्तो शुल्क लाग्दैन । तर, बजेटका लागि स्रोत जुटाउन अर्थमन्त्रीले भ्याटको भार थोपरेका छन् । संसदमा बिचाराधीन नै भए पनि आर्थिक विधेयकका प्रावधान जेठ १६ गतेबाटै लागू भइसकेको छ । यसले आम गरिव नेपालीको चुल्हो थप महँगो हुनेछ ।
यसरी दैनिक उपभोग्य वस्तु पिठोमा पनि भ्याट लाग्ने व्यवस्था गरेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् । उद्योग व्यवसायी तथा उपभोक्ताका सरोकारवाला संस्थाहरुले दैनिक रूपमा खानामा प्रयोग हुने पिठोमा लोकतान्त्रीक सरकारले अलोकतान्त्रीक रुपमा सरकारले भ्याट लगाउने निर्णय गरेको भन्दै आलोचना गरेका छन् ।
आम नेपाली सर्वसाधरणको मुख्य खाद्य वस्तुमा पर्ने र अधिकांस सर्वसाधारणको प्रिय भोजनको रूपमा पर्ने पिठोमा भ्याट लगाउने निर्णयले उपभोक्तालाई प्रत्यक्ष मर्का पर्ने भन्दै सरकारसँग कञजुमर आई नेपालका महासचिव रञ्जन खनालले तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् । यस्तो अलोकप्रीय निर्णय समयमा नै फिर्ता नलिए पिडित उपभोक्ताका आवाज बुलन्द गर्न आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनी दिएका छन् ।
गरिव सर्वसाधारण उपभोक्ताको हितलाई ध्यानमा राखेर गहुँको पिठो ९आँटा०मा लगाएको भ्याट लागाउने सरकार कसरी लोकतान्त्रीक हुन्छ भन्ने उपभोक्ताले प्रश्न समेत गरेका छन् । आँटामा भ्याट लगाउँदा स्वदेशी उद्योगहरु विस्थापित हुने, किसानले गहुँको उचित मुल्य नपाउने र कृषि अनुसन्धान केन्द्रको लगानी समेत जोखिममा जानकारहरु बताउछन् ।
यसरी, गहुँको पिठो (आँटा)मा लगाएको भ्याटले ५० केजीको बोरामा करिव ३०० सय रुपैया मुल्य बढेपछि महंगीको मारमा परेका सर्वसाधारण उपभोक्ता पेट भरि सुख्खा रोटि खान पनि नपाउने परिस्थीति सरकारले निर्माण गरेको हुदा, सर्वसाधारणले सरकार भएको अनुभुती गर्न सकेका छैनन् । आम सर्वसाधारण प्रश्न समेत गरि राखेका छन् कहाँ छ हाम्रो सरकार कहाँ छन् हाम्रा सासंद् ।
२०७६ असार ६ गते शुक्रवार १९:०९ बजे प्रकाशित






















