भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय
काठमाडौं । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन प्रमुखहरुको बैठकले जोरविजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।
२०७८ असार १४ गते सोमवार १२:४५ बजे प्रकाशित






















