थप ७६० जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा एक जनाको मृत्यु भएको छ ।
५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् ।
अहिले ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।
२०७९ साउन १९ गते बिहीवार १९:४३ बजे प्रकाशित























