मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु
काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५को लामजुरा क्षेत्रमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एएमभी कलसाइन रहेको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु
२०८० असार २६ गते मंगलवार २०:१२ बजे प्रकाशित























