पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन चारवटा उपभोक्ता अधिकारकर्मी संस्थाको माग, फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं । उपभोक्ता अधिकारकर्मी संस्थाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिको विरोध गरेको छ । सोमबार चार वटा उपभोक्ता अधिकारकर्मी संस्थाहरुले संयुक्त रुपमा बिज्ञप्ती निकाल्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि तुरुन्तै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।
कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनाल, उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल्सीना, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सीना र राष्ट्रीय उपभोक्ता मञ्चका उपाध्यक्ष पुष्पराज पौडेलद्वारा निकालिएको बिज्ञप्तिमा सरकारले गरेको अस्वभाविक मुल्यबृद्धिले उपभोक्ता मारमा परेको बताइएको छ ।
पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरो रुपमा तमाम उपभोक्ताको ढाड सेकिने गरी भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा अत्यन्त नकरात्मक असर पर्ने संस्थाहरुको ठहर छ । तसर्थ पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिलाई नियन्त्रण लिई उपभोक्तालाई राहत दिन सरकारसँग जोडदार माग गरेको ।अन्यथा सशक्त आन्दोनमा जान बाध्य हुने बिज्ञप्तीमा उल्ले गरेको छ ।
२०७९ असार ६ गते सोमवार २०:५६ बजे प्रकाशित























