साउन २ मा एमाले अध्यक्ष ओली कम्बोडिया जाने
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
अध्यक्ष ओलीले आफ्नो कम्बोडिया भ्रमणबारे शनिबारको सचिवालय बैठकमा जानकारी गराएका हुन् ।
अध्यक्ष ओली साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमणमा जाने तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकपछि जानकारी दिए ।
२०८० असार ३० गते शनिवार १९:५६ बजे प्रकाशित























