"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकैस्थानमा उभिने प्रमाणित भयो: राजेन्द्र लिङ्देन

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको दाबी गरेका छन् ।

पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठुलाठुला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिस्टका नेताहरूको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप लगाए ।

भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै लिङ्देनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकैस्थानमा उभिने प्रमाणित भएको दाबी गरेका हुन् ।

२०८० असार ३० गते शनिवार २०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु