सरकारले खोल्यो रोकिएको जग्गा कित्ताकाट
काठमाडौँ। सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरि भू–उपयोग नियमावली पारित गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
नियमावली पारित भए सँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रुपमा काम अघि बढ्ने उनको भनाई थियो ।
२०८० साउन ३० गते मंगलवार २०:४५ बजे प्रकाशित





















