सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ
काठमाडौं । सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हाे ।
उनीहरुलाई आज म्याद थप गर्न लागिएकाे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।
राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो ।
२०८० साउन ३१ गते बुधवार २०:०० बजे प्रकाशित























