सोचेरै एमालेको सदस्यता नवीकरण गरेको हुँ, मेरो पार्टी सदस्यता कसैले खान सक्दैन: विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदबाट बाहिरिसकेपछि सोचेरै/बुझेरै एमालेको सदस्यता नवीकरण गरेको बताएकि छन् ।
शुक्रबार काठमाडौं बानेश्वरको कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गरी उनले एमालेको सदस्यता लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो मलाई लाग्दैन,’ उनले भनिन्, ‘हटाउन सक्छ जस्तो लाग्दैन। मैले सोचेरै एमालेको सदस्तया नवीकरण गरेकी हुँ। पहिले पनि एमाले हुँ र अहिले पनि एमाले छु भनेर भनेको हुँ,’ उनले भनिन्।
उनले आफ्नो सदस्यता विवादमा पारिरहनुपर्ने विषय नै नरहेको जिकिरसमेत गरिन्।
२०८२ साउन ९ गते शुक्रवार १७:१८ बजे प्रकाशित






















