लोडसेडिङको हल्ला निरर्थक, विद्युत् निर्यातबाट पाँच अर्ब मुनाफा: ऊर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला निरर्थक भएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले देशका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढंगले भइरहेको बताए।
मन्त्री खड्काले विद्युत् निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको बताए । ‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँबराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ,’ उनले भने ।
२०८२ साउन २८ गते बुधवार १७:१६ बजे प्रकाशित























