"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमालेमा सदस्यता नवीकरण गरिसकेको छु: पूर्वराष्ट्रपति भण्डारी

बारा । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको  बताएकि छन्।

मदन भण्डारी फाउन्डेसन बारा जिल्ला कमिटीले मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आइतबार कलैयामा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकि हुन् ।

एमालेले मदन भण्डारीलाई जननेताका रूपमा स्वीकार गरिसकेको र मदन भण्डारीको मार्गदर्शन सिद्धान्तमै एमाले अघि बढेको समेत उनले बताइन् । ‘तपाईँहरू पार्टीको सदस्य हुनुरनहुनु तर जननेता मदन भण्डारीको मार्गदर्शन सिद्धान्तमा निरन्तर काम गर्नू,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘७७ वटै जिल्लामा मदन भण्डारीको जन्मजयन्ती कार्यक्रम गरी मनाउने योजना छ । यो कार्यक्रम मेरा लागि सरप्राइज हो । त्यसैले आयोजकलाई विशेष धन्यवाद छ ।’

२०८२ भदौ १५ गते आइतवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु