"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म एमालेसहित ६६ दल दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६६ दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन्। मंगलबार मात्रै नेकपा एमालेले पनि आफ्नो दल दर्ता गराएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १० गतेसम्म दल दर्ताको प्रक्रिया जारी रहने जानकारी दिए। उनले भने, “दलहरूको अधिकतम सहभागीताले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न मद्दत पुर्‍याउनेछ।”

भट्टराईले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयबाट ४ अर्ब ९६ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको पनि जानकारी गराए।

२०८२ मंसिर ९ गते मंगलवार १६:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु