निर्वाचनको मिति सार्नु मुलुकलाई अनिश्चितताको दिशामा लैजानु हो: अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत बनाउन निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज ९नाफिज० को १६औं वार्षिक साधारण सभामा उनले वर्तमान सरकारलाई तीन वटा मुख्य काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमा निर्वाचन एकअवश्यक कार्य भएको बताए।
अर्थमन्त्री खनालले निर्वाचनको मिति सार्नु मुलुकलाई अनिश्चितताको दिशामा लैजानु भएको ठानेको बताएका छन्। उनले भने, “अनिश्चितताले विशेष गरी युवालाई निराश बनाउँछ। संविधान बमोजिम समयमा निर्वाचन गराउनु वर्तमान सरकारको दायित्व हो।”
उनले मुलुक अहिले परिवर्तनको संघारमा भए पनि परिवर्तन अझै पूरा नभएको उल्लेख गर्दै जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि नभई भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नका लागि भएको बताए।
उनका अनुसार, जेनजी आन्दोलनका मुख्य उद्देश्य दुईवटा थिएस् भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना। उनले भने, “कम्तीमा पनि नागरिकले सरकारको सेवाग्राहीको रूपमा सेवा सही तरिकाले पाउनुपर्छ। आर्थिक समृद्धि र अवसर सृजना आन्दोलनको मुख्य लक्ष्य थिएन।”
अर्थमन्त्री खनालले समाजमा रहेका गलत क्रियाकलापलाई नियन्त्रण गर्नु सरकारको महत्वपूर्ण जिम्मेवारी भएको पनि बताए।
२०८२ मंसिर २१ गते आइतवार १७:२१ बजे प्रकाशित






















