पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ५६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा पनि अधिकारी संलग्न रहेको भन्दै अख्तियारले उनको विरुद्ध मुद्दा दर्ता गरेको थियो। सो प्रकरणमै अख्तियारले उनलाई नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको थियो।
अहिले अधिकारीविरुद्ध दायर दुवै मुद्दाको विशेष अदालतमा सुनुवाइ जारी छ।
२०८२ मंसिर २१ गते आइतवार १७:१६ बजे प्रकाशित























