"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने सोच केवल भ्रम भइरहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एउटा व्यक्तिलाई सत्तामा राख्ने र अर्को व्यक्तिलाई हटाउने मनसायले जेनजी आन्दोलन नभएको बताए। ‘एउटा नेपालीले आफ्नै संसद् भवन जलाउने, आफ्नै अदालत तोडफोड गर्ने आक्रोश एउटा मान्छे फेर्नका लागि मात्र थिएन,’ उनले भने, ‘अब यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्ने सोच्नु भ्रम हो।’

वर्तमान सरकार गठन हुने प्रक्रियादेखिनै राप्रपाले आफ्ना सुझावहरू दिएको उनले उल्लेख गरे। ‘यो सरकार बन्ने बेलामै हामीले भन्न खोजेका थियौँ— यो विद्रोह ०८४ वर्षमा हुने चुनाव ०८२ मा गर्नकै लागि थिएन। केही आधारभूत कुरा सुनिश्चित गरेर मात्र अघि बढ्नुपर्छ,’ उनले बताए।

लिङ्देनले निर्वाचन प्रणाली, राज्य संरचना, शासकीय प्रणाली र संवैधानिक अंगका नियुक्तिबारे टुंगो लगाएर अघि जानुपर्नेमा जोड दिए। उनका अनुसार, जेनजी आन्दोलनको माग सम्बोधन नभई पुन: उही व्यवस्था र उही प्रणालीबाट अघि बढ्न खोजिनु प्रतिगमन हो।

फागुन २१ गते यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु समस्याको समाधान नभई केवल समय धकेल्ने काम मात्र भएको उनले दाबी गरे। ‘यो समस्याको समाधान होइन। यसले अझ ठूलो विनाश निम्त्याउन सक्छ,’ लिङ्देनले चेतावनी दिए।

२०८२ मंसिर २३ गते मंगलवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु