"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राप्रपा र राप्रपा नेपालबीच एकतापछि कमल थापा: रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएको बताएका छन्।

बुधबार दुई राप्रपाबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले यसलाई एकता भन्दा पनि पुनर्मिलनको रूपमा व्याख्या गरे। आफूले रगत र पसिना बगाएर निर्माण गरेको घरमा फर्किँदा जस्तो अनुभूति अहिले भइरहेको उनले बताए।

थापाले २०७८ माघ महिनाको अन्तिम साता अत्यन्तै भारी मनले राप्रपारूपी घर छाडेर गएको स्मरण गरे। त्यो निर्णय खुसी मनले नभई बाध्यतामा गरिएको उनले स्पष्ट पारे।

‘खुसीले होइन, मन रोईरोई एक्लै अलग भएको थिएँ,’ थापाले भने, ‘पार्टी छाड्दा मन खुसी थिएन। त्यसबेला कतिपयले बुझेर, कतिपयले नबुझेर आरोप लगाए—गीताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो भनेर। तर ती सबै आरोप असत्य हुन्।’

२०८२ पुस १६ गते बुधवार १७:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु