"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नियतमा समस्या छैन, समानुपातिक उम्मेदवार सूची सच्याइछौ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीमा भएका त्रुटि सच्याइने बताएका छन्।

मङ्गलबार पोखरामा पत्रकारसँग कुरा गर्दै लामिछानेले भने, “विभिन्न क्षेत्रमा प्रमाणित गरिसकेका साथीहरू छन्। कतिपय समय अभावका कारण, कतिपय प्राविधिक कारणले र केही अन्य समस्याका कारण त्रुटि देखिएको हो। नियतमा समस्या छैन, निर्णयहरू कहिलेकाहीँ तलमाथि भए पनि सच्याउन सकिन्छ।”

उनले स्पष्ट पारे कि पार्टीले त्रुटि सुधार्न पूर्ण तयारी गरेको छ र आवश्यक परे सूचीमा आवश्यक परिमार्जन गरिनेछ।

२०८२ पुस १६ गते बुधवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु