"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बेथिति र बेरोजगारीको ‘सटर’ एकैपटक बन्द गर्छौं – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताएका छन्।

सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले “बेथितिको सटर एकैपटक बन्द गर्ने” अभियानमा रास्वपा लागेको बताए।

उनले मतदातालाई भावनात्मक अपिल गर्दै भने, “मतपत्रमा छाप लगाउने फागुन २१ मा हो, अहिले मनपत्रमा छाप लगाउने हो।” सुदूरपश्चिमको अधिकारका नाममा माग अल्झाएर काम रोक्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले अब परिवर्तनका लागि निर्णायक कदम चाल्नुपर्ने बताए।

लामिछानेले पाँच वर्षको स्थायी सरकारको एजेन्डासहित रास्वपा जनतामाझ गएको दाबी गरे। चुनावी प्रतिबद्धता पूरा नगर्ने राजनीतिक दलका कारण जनताले दु:ख पाएको उल्लेख गर्दै उनले भने, “बाचा जसले गरेको हो, सजाय उसैले पाउने हो, जनताले होइन।”

विदेश, विशेषगरी भारतमा रोजगारीका लागि गएका सुदूरपश्चिमवासीलाई मतदानका लागि स्वदेश फर्किन आह्वान गर्दै उनले भने, “मलाई थाहा छ परदेशको भूमि सजिलो छैन, तर छुट्टी मिलाएरै भए पनि आउनुहोला, देश बदल्नुपर्छ। यसपटक जनताले जित्नुपर्छ, सधैं नेतामात्रै जितिरहेका छन्।”

देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर परिवर्तनको अभियान सुरु गरिएको उनको भनाइ थियो।

२०८२ फागुन ६ गते बुधवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु