एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेल ले जानकारी दिए।
उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ। त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने तयारी गरिएको छ।
नेकपा एमालेले तय गरेका अन्य कार्यक्रमहरू यसप्रकार छन्:
वैशाख ३ गते: वडा तहमा भेला
वैशाख ७ गते: प्रदेश राजधानीहरूमा प्रदर्शन
वैशाख १२ गते: राजधानी काठमाडौं मा विरोध प्रदर्शन तथा सभा
महासचिव पोखरेलका अनुसार यी कार्यक्रमहरू पार्टीका सबै तहका कमिटी मार्फत चरणबद्ध रूपमा सञ्चालन गरिने छन्।
२०८२ चैत १७ गते मंगलवार १७:४० बजे प्रकाशित






















