"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सुगममा बसेका विशेषज्ञ चिकित्सक आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फकाउने निर्णय गरेको छ ।

डडेल्धुरा अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालको विशेषज्ञ सेवालाई प्रभावकारी बनाउने उद्देश्यले काज फिर्ता गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको निर्णय अनुसार पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएको छ ।

डडेल्धुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगञ्जमा पाँच जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्।

२०८२ चैत १७ गते मंगलवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु