"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्।

बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा बादल एक्लो उम्मेदवार बनेपछि उनी निर्विरोध रूपमा चयन भएका हुन्। यसअघि सांसद सुहाङ नेम्वाङ ले पनि दाबी गरेका थिए। तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने क्रममा उनले आवश्यक प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उम्मेदवारी दर्ता हुन सकेन।

निर्विरोध निर्वाचित भएपछि नेम्वाङले बादललाई खादा ओढाएर बधाई दिएका छन्।

२०८२ चैत १८ गते बुधवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु