"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गृहमन्त्री गुरुङद्वारा ‘पिर्के सलामी’ नलिने निर्णय

नवलपुर। गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा ‘पिर्के सलामी’ नलिने निर्णय गरेको छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेका गृहमन्त्री गुरुङले सुरक्षा निकायले दिने त्यस्तो औपचारिक सलामी नलिने घोषणा गरेको हो ।

गृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण बरालले कार्यालयमा स्वागत गरेको थिए । सो अवसरमा गृहमन्त्रीले सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिँदै तामझाम र औपचारिकताभन्दा कार्यसम्पादन र जनताको सेवामा केन्द्रित हुन आग्रह गरे ।

स्वागत कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी उपरीक्षक (एसपी) युवराज खड्का र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक अभिनयकुमार सिंह लगायतको उपस्थिति रहेको थियो

गृहमन्त्री गुरुङ आइतबार नवलपुर पुगेको हो । उनलाई त्यहाँ सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरातमा चितवन पुग्नुभएका मन्त्री गुरुङ आइतबार दिउँसो नवलपुर पुगेको हो ।

यसअघि उनले भरतपुरमा नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सुरक्षा निकायका उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग भेट गरेको उनको निजी सचिवालयले जनाएको छ ।

आइतबार बिहान रास्वपा चितवनका सभापति कृष्ण भुसाल र भरतपुर महानगर सभापति सीता ज्ञवालीले उनलाई भरतपुरमा स्वागत गरेको थिए ।

२०८२ चैत २९ गते आइतवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु