"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा, ३ अर्ब ६५ करोड बिगो दाबी

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिई राज्यलाई हानि पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको हो।

अख्तियारले यस प्रकरणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको छ।मुद्दा दायर गरिएकामध्ये तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुन्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारी पनि रहेका छन्।

यस्तै, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको छ।अख्तियारले विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएएमसी, उसका अध्यक्ष, परियोजना व्यवस्थापक तथा कम्पनी म्यानेजरलाई समेत प्रतिवादी बनाएको छ।

यसअघि अख्तियारले गत २१ मंसिरमा पोखरा विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो। त्यसपछि ८ चैतमा पनि विमानस्थल निर्माणसम्बन्धी अर्को भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो। आज दायर गरिएको मुद्दा सोही प्रकरणको तेस्रो मुद्दा हो।

२०८३ वैशाख २४ गते बिहीवार १९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु